धर्ना छोडेर अनुसन्धानमा सघाउनुहोसः गृहमन्त्री लामिछाने
काठमाडाैं | पुस २४, २०७९
काठमाडौं: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणबद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सघाउन आग्रह गर्नुभएको छ।
सरकारले घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाएको भन्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विशेष टोली परिचालन गरेर छानबिन अगाडि बढाएको गृहमन्त्री लामिछानेले प्रष्ट पार्नुभएको छ।
यस अघिसमेत गृहमन्त्री लामिछानेले दुई पटक टेलिफोन गरेर धर्नामा रहनुभएकी रुबी खानलाई घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सघाउन आग्रह गर्नुभएको थियो।
यसअघि सोमबार लामिछानेले गृह मन्त्रालयमा गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर सीआईबीलाई सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिनुभएको थियो। सीआईबीको विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।
पोखरा: भाइब्रेन्ट फुटबल क्लबको आयोजनामा पोखरामा भोलिदेखि प्रथम केआइइसी पोखरा सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टु...
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोर्टस समिटमा ट्वान्टी ट्वान्टी विश्वकपको ट्रफि प्रदर्शन गरिएको छ । भारत र श्रीलंकामा फेब्र...
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्...

